सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ मा २२ वर्षीय राजबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाएका छन् । बारा जिल्लाको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर–३, लंकुमा बस्दै आएका जैसवालले सोमबार दिउँसो साढे १ बजेको समयमा कोठाभित्र आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगोले पोलेर गम्भीर घाइते भएका जैसवाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजबाट सोमबार साँझ ५ बजे थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर जलन अस्पताल लगिएको थियो । कीर्तिपुर जलन अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजेर ४० मिनेटको समयमा जैसवालको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।