Home राजनीति नेकपा समर्थक बुद्धिजिवी चिन्तित

नेकपा समर्थक बुद्धिजिवी चिन्तित

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच जारी शक्ति संघर्षको विषयलाई लिएर मकवानपुरका नेकपा समर्थक वुद्धिजिवी क्षेत्रका व्यक्तिहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ति संघर्षका कारण नेकपाप्रति जनताको धारणा नकारात्मक बन्न सक्ने भन्दै उनीहरुले पार्टीले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । अधिवक्ता ध्रुव चौलागाईको समन्वयमा बिहिबार हेटौंडामा भएको छलफलमा उद्योगी नवराज अर्यालले पार्टी शीर्ष नेतृत्वमा देखिएको विवादले सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक नहुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । पदका लागि शीर्ष नेतृत्वले झगडा गरि रहँदा पार्टीले जनता सँग गरेका वाचा पूरा हुन नसक्ने उहाँको भनाइ थियो । यस्तै कानुन व्यवसायी पुस्कबहादुर क्षेत्रीले पार्टीमा एकता र सौहाद्र्धताका लागि कार्यकर्ताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुुभयो ।

अर्का कानुन व्यवसायी मनप्रसाद भट्टराईले सामाजिक सञ्जालमा अभिव्यक्त विचारले राजनीतिक नेतृत्वको मानमर्दन हुनुका साथै समाजमा नकारँत्मकता हावी हुँदै गएको बताउनुभयो । प्राध्यापक संगम चौलागाईले पार्टीका नेतृत्वलाई निरन्तर दवाव दिँदै कमि कमजोरी सच्याएर जनताका अपेक्षा पूरा गराउन कार्यकर्ता अग्रसर हुनुपर्ने बताउनुभयो । छलफलको संयोजन गर्नुहुने अधिवक्ता ध्रुव चौलागाईले पार्टीप्रति आस्था राख्ने वुद्धिजिवी समूहले पार्टी नेतृत्वलाई सचेत गराउनु पर्ने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

Exit mobile version