Home मुख्य समाचार २ जना फरार प्रतिवादी हेटौँडा–१५ बाट पक्राउ

२ जना फरार प्रतिवादी हेटौँडा–१५ बाट पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजाय तोकिए पनि फरार रहेका प्रतिवादीहरूलाई खोजीको क्रममा फेला पारी सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

लागुऔषध खैरो हेराईन मुद्दामा ६ महिना १९ दिन कैद सजाय पाएका हेटौँडा–१५ का २८ वर्षीय किसन कुमार वाईवा र अवैध रुपमा वनपैदार तस्करी मुद्दामा ६ महिना कैद र ५१ हजार ४ सय ४८ रुपैयाँ जरिवाना सजाय पाएका हेटौँडा–१५ कै ३३ वर्षीय राजन स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version