Home मुख्य समाचार प्रदेश आयूर्वेद अस्पताल बनाउन हेटौंडा उपमहानगरले जग्गा उपलब्ध गराउने

प्रदेश आयूर्वेद अस्पताल बनाउन हेटौंडा उपमहानगरले जग्गा उपलब्ध गराउने


हेटौंडाः नारायणी अञ्चल आर्यवुद औषधालय हेटौंडा कार्यालयले आज हेटौंडाका जनप्रतिनिधी र पत्रकारहरुलाई आयूर्वेदको बारेमा अभिमुखिकरण गरेको छ । अञ्चल आयूर्वेद कार्यालय हेटौंडा कार्यालयका प्रमुख डा. सृष्टी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । उपमेयर लामाले नगर कार्यपालिकाको बैठक बसेर प्रदेश स्तरिय आयूर्वेद अस्पताल बनाउन हेटौंडा उपमहानगरभित्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । त्यस्तै बागमती प्रदेशले आयूर्वेद अस्पतालको भवन निर्माण डिपिआर पनि भैसकेको छ । आज अभिमुखिकरणमा डा. सृस्टि श्रेष्ठ र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. रविन भूषाले आयूर्वेदको बारेमा जानकारी गराउनुभएको थियो ।

Exit mobile version