हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक असार २९ गते सोमबार बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेर स्थगित भएको प्रदेश सभाको बैठक यहि २९ गते सोमबार बस्ने भएको प्रदेश सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारले ५१ अर्बको बजेट पास गरेको छ । बागमती प्रदेशको बजेट बहुमतले पास गरेको थियो । अब बस्ने प्रदेश सभाको बैठकमा विभिन्न समितिहरुमा रहेका विधेयक र प्राकृतिक विपद्को बारेमा सदनमा छलफल हुने प्रदेश सभाको सचिवालयले जनाएको छ ।