हेटाँैडाः बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले भदौ ४ गते मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गाईजात्रा प्रदेशमा मनाइने महत्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक विदा दिने निर्णय गरेको हो । ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष विदा दिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । उक्त निर्णयसँगै बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघ, संस्थाहरु बन्द रहनेछन् ।