हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा सकिएको छ । साउन २३ गतेदेखि सुरु भएको परीक्षा साधारण धारतर्फ मंगलबार र प्राविधिक धारतर्फ बिहीबार सकिएको हो ।
ग्रेडवृद्धि परीक्षामा करिब ९ प्रतिशत विद्यार्थी अनुपस्थित भएका छन् । मकवानपुर जिल्लाबाट परीक्षाका लागि ३ हजार ८ सय ५७ जना विद्यार्थीले फारम भरेका थिए । फारम भरेकामध्ये परीक्षामा ३ सय ४५ जना विद्यार्थी अनुपस्थित भएका हुन् ।
ग्रेडवृद्धि परीक्षाको पहिलो दिन गत बुधबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको थियो । अनिवार्य अंग्रेजीको परीक्षाका लागि मकवानपुर जिल्लाबाट फारम भरेका एक हजार ६ सय ४ जना विद्यार्थीमध्ये ९४ जना विद्यार्थी अनुपस्थित भएका थिए । एक हजार ५ सय १० जना विद्यार्थी परीक्षामा उपस्थित भएका हुन् ।
परीक्षाको दोस्रो दिन गत बिहीबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । अनिवार्य नेपालीको परीक्षाका लागि जिल्लाबाट ५ सय ७५ जना विद्यार्थीले फारम भरेका थिए । फारम भरेकामध्ये ५ सय ३१ जना विद्यार्थी परीक्षामा उपस्थित भएका थिए भने ४४ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए ।
परीक्षाको तेस्रो दिन गत शुक्रबार अनिवार्य गणित विषयको परीक्षा भएको थियो । परीक्षाका लागि २ हजार ७ सय २७ जनाले फारम भरेकोमा ४७ जना विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा २ हजार ६ सय ८० जना विद्यार्थी उपस्थित भएका थिए ।
शनिबार भएको विज्ञान तथा प्रविधि विषयको परीक्षाका लागि एक हजार ८ सय ३ जनाले परीक्षा फारम भरेकामा ३८ जना अनुपस्थित भएका हुन् । एक हजार ७ सय ६५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । आइतबार सामाजिक विषयको परीक्षा भएको थियो । परीक्षाका लागि ९ सय ८५ जनाले परीक्षा फारम भरेकोमा ९ सय ५८ जना उपस्थित भएका थिए । २७ जना विद्यार्थी भने अनुपस्थित भएका थिए ।
यस्तै, सोमबार ऐच्छिक प्रथम विषयको परीक्षा भएको थियो । परीक्षाका लागि १ हजार ६ सय ९४ जनाले परीक्षा फारम भरेकोमा एक हजार ६ सय ४५ जना विद्यार्थी उपस्थित भएका थिए । परीक्षामा ४९ जना विद्यार्थी अनुपस्थित भएका थिए । मंगलबार भएको ऐच्छिक द्वितीय विषयको परीक्षाका लागि ९ सय ८२ जनाले परीक्षा फारम भरेकामा ९ सय ४६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ३८ जना विद्यार्थी भने अनुपस्थित भएका थिए ।
यस्तै, प्राविधिक धारतर्पmको मौका परीक्षा सिद्धार्थ माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो । प्राविधिक धारतर्फको बुधबारको परीक्षामा एक सय एक जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि आवेदन भरेका एक सय ६ जनामध्ये ५ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका हुन् ।
बिहीबार भएको प्राविधिकतर्पmको परीक्षाका लागि ८६ जनाले फारम भरेका थिए । फारम भरेकामध्ये ८३ जना विद्यार्थी परीक्षामा उपस्थित भएका थिए भने ३ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए ।
विद्यार्थीले परीक्षामा एनजी ल्याएको वा उपस्थित हुन नपाएको सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था मिलाइएको थियो । गत वर्षसम्म विद्यार्थीले दुईवटा विषयको परीक्षामात्र दिन पाउने गरेका थिए ।
मकवानपुर जिल्लाबाट एसर्ईई परीक्षामा ५ हजार ९ सय १९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३ हजार ७ सय ६८ जना विद्यार्थीको नतिजा एनजी आएको थियो । परीक्षामा ८५ जना अनुपस्थित भएका थिए ।