हेटौँडाः मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–४, छापडाँडामा अरिँगालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय सुमन गोले रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार साँझ ५ बजेर ३० मिनेटको समयमा गोले छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेर घाईते भएका थिए । घाइते गोलेलाई उपचारका लागि मनमोहन स्मृती सामुदायिक अस्पताल फर्फिङ काठमाण्डौ लगिएकोमा बिहीबार बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।