हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा बुधबारदेखि सुरु भएको छ । सोमबार भएको ऐच्छिक प्रथम विषयको परीक्षामा ४९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

परीक्षाका लागि १ हजार ६ सय ९४ जनाले परीक्षा फारम भरेकोमा ४९ जना विद्यार्थी अनुपस्थित भएको परीक्षा फोकल पर्सन सरला अधिकारीले जानकारी दिनुभयो । आइतबार भएको सामाजिक विषयको परीक्षामा २७ जना अनुपस्थित भएका छन् ।

सामाजिक विषयको परीक्षाका लागि ९ सय ८५ जनाले परीक्षा फारम भरेकोमा २७ जना अनुपस्थित भएका हुन् । बुधबारदेखि सुरु ग्रेडवृद्धि परीक्षा साधारण धारतर्फ आज मंगलबार सकिनेछ भने प्राविधिक धारतर्फ ३१ गते बिहीबारसम्म सञ्चालन हुनेछ ।