Home मुख्य समाचार एसईई ग्रेडवृद्धिः ऐच्छिक प्रथमको परीक्षामा ४९ जना अनुपस्थित

एसईई ग्रेडवृद्धिः ऐच्छिक प्रथमको परीक्षामा ४९ जना अनुपस्थित

हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा बुधबारदेखि सुरु भएको छ । सोमबार भएको ऐच्छिक प्रथम विषयको परीक्षामा ४९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

परीक्षाका लागि १ हजार ६ सय ९४ जनाले परीक्षा फारम भरेकोमा ४९ जना विद्यार्थी अनुपस्थित भएको परीक्षा फोकल पर्सन सरला अधिकारीले जानकारी दिनुभयो । आइतबार भएको सामाजिक विषयको परीक्षामा २७ जना अनुपस्थित भएका छन् ।

सामाजिक विषयको परीक्षाका लागि ९ सय ८५ जनाले परीक्षा फारम भरेकोमा २७ जना अनुपस्थित भएका हुन् । बुधबारदेखि सुरु ग्रेडवृद्धि परीक्षा साधारण धारतर्फ आज मंगलबार सकिनेछ भने प्राविधिक धारतर्फ ३१ गते बिहीबारसम्म सञ्चालन हुनेछ ।

Exit mobile version