चिनियाँ माइक्रोडष्ट कम्पनिका च्याङ वीन र लिन गुल्याङले हेटौंडा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई मेसिन हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः एक चिनियाँ कम्पनिले हेटौंडा उपमहानगरपालिकालाई दुईवटा हेमाटोलोजिक टेस्ट मेसिन सहयोग गरेको छ । चिनियाँ माइक्रोडष्ट कम्पनिका च्याङ वीन र लिन गुल्याङले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई मेसिन हस्तान्तरण गर्नुभएको छ । रगतको परीक्षणबाट विभिन्न ४० प्रकारका स्वास्थ्य अवस्थाका बारे परीक्षण गर्न मिल्ने मेसिनलाई हेटौंडा उपमहानगरपालिकामातहतका स्वास्थ्य संस्थामा उपयोग गरिने मेयर महतले बताउनुभएको छ ।

उपमहानगरपालिकाले वडास्तरमा सञ्चालनमा ल्याएको स्वास्थ्य इकाईमा उक्त मेसिनको प्रयोगबाट स्वास्थ्य जाँच गरेर नगरवासीलाई वडाभित्रै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने मेयर महतको भनाइ छ । वडामै रहेको स्वास्थ्य इकाईमा प्रयोगशाला सञ्चालनका लागि उपमहानगरपालिकाले जनशक्तिको व्यावस्था गर्ने मेयर महतले बताउनुभएको छ ।