कति राम्रो छ हाम्रो देश नेपाल
पूर्व पश्चिम उत्तर दक्षिण तराई पहाड हिमाल
कोशी नदी पूर्वतिर काली पश्चिमतिर
गौरवशाली सगरमाथा हाम्रो देशको शिर
प्रकृति र संस्कृतिमा धनी हाम्रो देश
राम्रो छ नि रीतिरिवाज हाम्रै परिवेश
ठूला नदी गण्डकी कर्णाली र कोशी
हिमालदेखि बग्दै आए पहाडदेखि बेसी
उत्तरतिर अग्ला हिमाल हेर्दै रहर लाग्दा
आफ्नै देश प्यारो लाग्छ अरुसँग दाँच्दा
कक्षा–५, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२