हेटौँडाः हेटौँडा–४ स्थित आकर्षण ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले २० औं वार्षिक उत्सव मनाएको छ । शनिबार हेटौँडामा एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको हो ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुुरनबहादुर जोशीको प्रमुख आतिथ्य तथा ब्युटी पार्लरकी संस्थापक सञ्चालक अस्मिता श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा ६ महिने डिप्लोमा तालिममा सहभागी ६० जनाभन्दा बढीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।