रमेशमोहन अधिकारीको कृति संयात्राको संयोगु सार्वजनिक गरिँदै ।

हेटौँडाः साहित्यकार रमेशमोहन अधिकारीको नियात्रा संग्रह ‘संयात्राको संयोग’ सार्वजनिक भएको छ । शनिबार हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा अधिकारीको नियात्रा सङ्ग्रह सार्वजनिक भएको हो ।

झरना साहित्यिक परिवारको आयोजनामा कृति विमोचन समारोह भएको हो । झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सती’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । अधिकारीको नियात्रा सङ्ग्रहमाथि साहित्यकार दीपक गौतम र रजनी पौडेलले समीक्षा गर्नुभएको थियो ।

अधिकारीको यो पाँचौं कृति हो । यसअघि अधिकारीका तीन वटा नियात्रा सङ्ग्रह र एउटा कविता सङ्ग्रह प्रकाशित छन् । अधिकारीको कृति ‘संयात्राको संयोग’ मा २८ वटा शीर्षकमा संस्मरण समावेश छन् । बुलबुल पब्लिकेसनले प्रकाशन गरेको नियात्रा सङ्ग्रहलाई अधिकारीले पाँच खण्डमा प्रस्तुत गर्नुभएको छ ।

लेखक रमेशमोहन अधिकारीले लामो लेखनको अभ्यासपछि कृति प्रकाशन गरेको जानकारी गराउनुहुँदै अघिल्ला कृति भन्दा राम्रो गर्ने प्रयास गरेको जानकारी दिनुभयो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि आतिथ्य रहेको थियो ।