आजभन्दा धेरै पहिलेको कुरा हो । एउटा सानो गाउँमा बस्दै आइरहेका बुबा, छोरी एउटा छाप्रो जस्तो घरमा आफ्नो जिन्दगी बिताइरहेका थिए । केही अगाडि नै उसकी श्रीमती लक्ष्मीको मृत्यु भएको थियो । श्रीमती बित्नासाथ घर लथालिङ्ग भएको देखेर बुबा मिलन र छोरी अस्मिताको पनि पढाइमा असर परेको थियो । बुबाको अवस्था पनि धेरै गम्भीर भएको देखेर छोरीले बुवालाई भनिन्, “बुबा हेर्नुस् न अब त म पनि ठूलो भइसकेँ भन्दा भन्दै अब मैले १० कक्षा पनि सिद्धिन लागिसक्यो । यो १० कक्षामा उत्तिर्ण भएर हजुरको मुहारमा खुसी भएको हेर्न चाहन्छु बुबा ।” बुबाले सुन्नासाथ छोरीलाई काखमा राखे अनि निधारमा म्वाई खानुभयो । त्यसपछि मिलन अर्काको खेतमा गएर मकै रोप्नतिर लाग्यो ।

मिलनले दिनभरि कमाएको पैसाले चामल, नुन, मसला आदि केही सामान लिएर घर फर्किन्थ्यो । छोरी आफ्नो बुबा नआएसम्म पिढीमा बसेर पढिरहेकी हुन्थिन् । बुबा आउनासाथ बुबासँग भान्छामा बुबालाई मद्दत गर्थिन् । दुवैजना खाना खाइसकेपछि छोरी भाँडा माझथिन् । बुबा चाहिँ कामको थकाइले गर्दा सुत्न गइसकेको हुन्थ्यो । छोरी भने टुकीबत्ती बालेर पढ्न थाल्थिन् । यसरी नै समय बित्दै थियो । केही समयपछि अस्मिता आफ्नो १० कक्षाको परीक्षाको प्रतिक्षापछि उसको ठूलो सपना पूरा हुन्छ । उनको त्यो खुसीको कुरा बुबा आउन साथ भनेपछि बुबा खुसी हुँदै छोरीलाई बधाई दिन्नुहुन्छ र गाउँभरि सबैलाई खुसीको खबर सुनाउँछ । त्यो देखेर गाउँभरिको सबै मानिस उसलाई फूलमाला लगाएर बधाई दिन्छ । त्यो देखेर उनी धेरै खुसी हुन्छिन् ।

बुवाले छोरीलाई अब म तिमीलाई सहरमा लिएर जान्छु भनेपछि छोरी एकदमै खुसी हुन्छे । बुबा–छोरी दोस्रो दिन बिहानै गाउँ छाडेर जान झोला सबै बोकेर हिँड्न थाल्छ । उनीहरूलाई आफ्नो गाउँ छाडेर जान धेरै नै गाह्रो भइरहेको थियो । किनभने मिलनको श्रीमतीको आत्मा त्यहीँ नै बसेको थियो । त्यसैले उसले आफ्नो छोरीको पढाइका लागि भएपनि गाउँ छाड्न बाध्य भएको थियो । बुबा छोरी सहरमा गएर बुबाले आफ्नो छोरीलाई एउटा कोठा खोजेर राख्यो । अनि मिलन काम खोज्न थाल्यो । मिलनले काम पाएपछि उसले कमाएको पैसाले आफ्नो छोरीलाई राम्रो कलेजमा भर्ना ग¥यो र कोठामा जाने बेलामा दाल, चामल, तरकारी लिएर गयो । बुबा छोरी मिलेर सबै गथ्र्यो । यसरी नै समय बित्दै गयो । छोरी अस्मिता आफ्नो बुबाको सपना अरु केही नभएर डाक्टर बनाउने सपना भएकोले उनले आफ्नो पढाइमा निरन्तररुपमा ध्यान दिन्थ्यो ।

धेरै समयपछि अचानक मिलन बिरामी पर्छन् । मिलनलाई ठूलो रोगले भेटिसकेको थियो । आजभन्दा भोलिभन्दा बुबा बुढो र रोगी हुनु भइसकेको थियो । मिलनको त्यस्तो हालत देखेर छोरी अस्मिता धेरै पिर लिन्थिन् । केही दिनपछि मिलनको मृत्यु भयो । अस्मिताले बुबाको त्यस्तो कुरा सुनेपछि उनी एकछिनसम्म केही बोल्न सकिनन् । अनि सबै काम सिद्धिएपछि अस्मिता टुहुरी भइन् । उनले अब आफ्नो पढाइलाई निरन्तर लग्दै त्यही काम गर्दै सबै गर्न थालिन् । बिस्तारै उनले आफ्नो मात्र सपना नभएर बुबाको सपना पूरा गरिन् । उनी एउटा डाक्टर मात्र नभएर एक असल छोरी नि बनिन् । उसले आफ्नो जिन्दगी यसरी नै चलाइरही ।

कक्षा–१२, हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, हेटौँडा–४