धेरैबेरको मेरी आमाको व्यथा
पछि एउटा आवाज आयो
च्याँ च्याँ ती सानो केही
नबुझ्ने बालकको च्याँ च्याँ
आवाज भन्दा बाहिरबाट ठूलो अर्को चर्को आवाज आयो छ्या !
जन्मिएकै छैठिको दिन खै ! मेरा भावीले के लेखे लेखे !
मेरा बुबालाई खुशी भएको होइन निराश भएको देखेँ
कारण बुझ्न् खोजेँ किनकि म छोरी हँु रे ।
मलाई नै डर लाग्न थाल्यो
ला, अब त घरमा खुशी नढल्ने भयो,
ती कमजोर सुत्केरीका लागि पोषिलो खाना
खुवाउन चुलो नबल्ने भयो ।
म भन्दा दुई दिनपछि जन्मेको पल्लो घरको
भाइको हात, खुट्टामा कल्ली छन् भने
मेरो हात खुट्टा सबै छन् खाली
मलाई मेरी हजुरआमाले भन्नु भएको रे
‘यो अर्काको घर जाने जात त हो’
यसलाई धागो बानिदिए भैगोनि
किनकि म छोरी हँु रे !
धेरै कठिन परिस्थितिलाई सामना गर्दै गर्दै
जब म १३ वर्षकी भए
मेरो शरीरबाट रातो रङ्ग निस्कियो
फेरि सन्दर्भ सबै नारीको हो,
कुरा अहिले महिनावारीको हो ।
फेरि यो नबुझ्दाको कालो रहेछ,
बुझिसके पछिको सुनौलो दिन,
घरका सदस्यले मान्न थाल्नु भयो मप्रति छिन् ।
मलाई बन्द र कालो कोठामा राखिदियो
४/५ दिनका लागि
किनकि म छोरी हुँ रे !
मैले कसैसँग हाँसेर बोल्न हुदैँन रे
ठुलाबडाको अगाडि आफ्नो
शिर उच्च पारेर केहि भन्न हुँदैन रे
किनकि म छोरी हुँ रे !
कक्षा–९, सिद्धार्थ शिशु सदन मावि, हेटौँडा–५