हेटौँडाः हेटौँडामा भेस्पा र अप्रिलिया ब्राण्डका स्कुटरको नयाँ शोरुम सञ्चालनमा आएको छ । भेस्पा, अप्रिलियाको दोस्रो शोरुमको रुपमा हेटौँडा–१०, भुटनदेवी मन्दिररोडमा जोशी अटोमोवाइल्सले सञ्चालनमा ल्याएको हो । यसअघि पनि भेस्पा, अप्रिलियाको एउटा शोरुम हेटौँडामा सञ्चालनमा रहेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले शोरुमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाटको पनि आतिथ्य रहेको थियो । शोरुम उद्घाटनको अवसरमा स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस्साथै एक्सचेन्ज र फाइनान्स सुविधा मिलाइएको जनाएको छ । उद्घाटन अफर अन्तर्गत यो साता हेटौँडा शोरुमबाट ग्राहक एवम् उपभोक्ताहरूले स्कुटर खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूले रु. १० हजार नगद छुट र हेल्मेट प्राप्त गर्ने छन् ।