Home मुख्य समाचार मुख्यमन्त्री लामाले पाए विश्वासको मत, पक्षमा ६४ मत

मुख्यमन्त्री लामाले पाए विश्वासको मत, पक्षमा ६४ मत

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रसताव पेश गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको हो ।

कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । जसमा लामाले ६४ जना प्रदेश सभा सदस्यको मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेश सभा सदस्यले मत दिएका छन् ।

प्रदेशसभाको बैठकमा उपस्थित कुल १०३ सदस्य मध्ये उहाँको विपक्षमा ३५ मत रह्यो भने ३ मत तटस्थ रहेको थियो । बैठकमा हाम्रो नेपाली पार्टीका ६ जना प्रदेश सभा सदस्य अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागि हुनुभएन । गत साउन ८ मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका बहादुर सिंह लामाले साउन १२ मा सरकारलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्री लामाले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गर्नुभएको छ ।

Exit mobile version