प्रदेश सभा बैठकमा बोल्नुहुँदै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया ।

हेटौँडाः नेकपा एमालेले मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा मतदान गर्न प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्देशन दिनुभएको हो ।

उहाँले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि अहिलेको गठबन्धन बनेको दावी गर्नुभयो । केही त्रुटिहरु रहँदै गर्दा पनि संविधान जारी गरेर नागरिकहरुलाई अधिकार प्रदान गरिएको उहाँले बताउनुभयो । संविधानमा रहेका समस्याहरु हटाउन अहिले राष्ट्रिय सहमतिको सरकार निर्माणको थालनी भएको उहाँको भनाई छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बोलिसकेपछि सभामुख भुवन कुमार पाठकले मत विभाजनको प्रक्रिया अगाडि बढाउनुभएको छ ।