Home मुख्य समाचार माओवादीलाई कांग्रेसको मत पैँचों छ, मत नदिए ब्याज लाग्छः मुख्यमन्त्री लामा

माओवादीलाई कांग्रेसको मत पैँचों छ, मत नदिए ब्याज लाग्छः मुख्यमन्त्री लामा

file foto.

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले माओवादीले आफूलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालिन शालिकराम जम्कट्टेललाई मत दिएको उल्लेख गर्नुभयो ।

विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उहाँले बताउनुभयो । पैँचो फिर्ता हुुन्छ भन्ने आफूले विश्वस्त लिएको मुख्यमन्त्री लामाको भनाई छ । माओवादीले आफूलाई विश्वासको मत नदिए ब्याज लाग्ने उहाँले बताउनुभयो । उहाँले विश्वासको मत दिएर माओवादीले पैँचो फिर्ता गर्ने बताउनुभयो ।

वर्तमान सरकारले राजनीतिक स्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारका मन्त्रीहरुलाई अधिकतम समय हेटौँडामा रहेर काम गर्न निर्देशित गरेको उहाँको भनाई छ । संघीयता बलियो बनाउन संविधानको कार्यान्वयनका लागि संघीय सरकारसँग पहल गर्ने लामाले बताउनुभयो । समस्याका विषयहरुमा छलफल गरेर प्रदेशको विकास र समृद्धिका लागि सबै दलहरुसँग सहकार्य गर्ने मुख्यमन्त्री लामाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Exit mobile version