प्रदेश सभामा सम्बोधन गर्नुहुँदै राप्रपा संसदीय दलका नेता उद्धव थापा ।

हेटौँडाः राप्रपाले बागमती प्रदेशका मुख्मयन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने र विपक्षमा मतदान गर्ने बताउनुभएको छ ।

मंगलबार प्रदेश सभा बैठकमा उहाँले राप्रपा सशक्त प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो । उहाँका अनुुसार संघीय सरकारमा पनि विपक्षमा मतदान गरेको र प्रदेशमा पनि विपक्षमा मतदान गर्नेछ । साना दलको आड भरोसामा ठुला दलहरुले शासन सत्ता चलाइरहेको उहाँको भनाई छ ।

संविधान संशोधनको स्पष्ट खाका नबनेकाले राप्रपा वर्तमान गठबन्धन सरकारलाई सघाउने पक्षमा नरहेको उहाँले बताउनुभयो । वर्तमान सरकारका कारण राप्रपाले बोक्दै आएको संघीयता खारेजी र धर्म निरपेक्षताको एजेण्डामा बल पुग्ने काम भइरहेको उहाँले दावी गर्नुभयो ।