प्रदेश सभा बैठकमा सहभागीहरु ।

हेटौँडाः बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि मंगलबार दिउँसो ३ बजेका आह्वान गरिएको बैठक सुरु भएको हो ।

बैठकमा प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को पुनः गठन तथा कार्यविभाजनको पत्र बारे जानकारी गराउने कार्यसूचि रहेको छ भने सो पश्चात मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।

मुख्यमन्त्री लामाले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि दलगत रुपमा प्रदेश सभा सदस्यहरुले धारणा राख्नेछन् भने त्यस लगत्तै मुख्यमन्त्री लामाको विश्वासको मत प्रस्तावमा मत विभाजनसहित निर्णय हुनेछ ।