Home मुख्य समाचार खतिवडाद्वारा आँखा अस्पताललाई ३३९ वटा चश्मा हस्तान्तरण

खतिवडाद्वारा आँखा अस्पताललाई ३३९ वटा चश्मा हस्तान्तरण

आँखा अस्पताललाई चस्मा हस्तान्तरण गर्नु हुँदै बद्रिप्रसाद खतिवडाका बुहारी मुनु सिग्देल

हेटौंडाः पूर्वशिक्षक बद्रिप्रसाद खतिवडाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई ३ सय ३९ वटा चश्मा हस्तान्तरण गर्नुभएको छ । खतिवडाले मंगलबार अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र व्यवस्थापक सुधिर श्रेष्ठलाई चश्मा हस्तान्तरण गर्नु भएको हो ।

हिजो सोमबार खतिवडाले आँखा अस्पतालमा मोतिविन्दुको शल्यक्रिया गर्नु भएको थियो । खतिवडाले नजिकको हेर्न सहज हुने चश्मा हस्तान्तरण गर्नुभएको अस्पतालका व्यवस्थापक श्रेष्ठले बताउनुभयो । अस्पतालले हस्तान्तरण भएका चश्माहरु निःशुल्क उपचार गर्ने बिमारीलाई वितरण गर्ने श्रेष्ठको भनाई छ । यसअघि सामुदायिक आँखा अस्पतालमा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले ४ सय ५० वटा चश्मा हस्तान्तरण गर्नु भएको थियो । खतिवडाले २०३०/०३५ साल तिर भुटनदेवि माविमा अध्यापन गराउनु हुन्थ्यो ।

Exit mobile version