हेटौंडाः लियो क्लव अफ हेटौंडा भुटनदेविले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ का १४ परिवारलाई एक बोरा चामल, दाल, नुन सहयोग गरेको हो । लियो क्लव अफ हेटौंडा भुटनदेवीका अध्यक्ष मनोज चौलागाईको सभाध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका कोषाध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अथिति श्रेष्ठले लियोले गरेका कार्यको प्रशंसा गर्दै शहरकेन्द्रित लियो भईरहँदा गाउँकेन्द्रित लियोको सेवा हुनु खुसीको कुरा भएको बताउनु भयो । जहाँ समस्या त्यहाँ लियो, लायन्स पुग्न आग्रह गर्दै जिल्ला परिषद्ले सदैव साथ दिने वचन समेत दिनुभयो । लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका रिजन चियरपर्सन रुपक कालिराजले लियो अब गाउँ केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले विगतमा शहर केन्द्रित कार्यक्रमहरु भईरहँदा अबका दिनमा लियो गाउँगाउँ छिर्नु पर्ने बताउनु भयो । मकवानपुरगढी गाउँपालिकाका कृषक तथा लियो क्लबका एमसी चियरपर्सन विजय बजगाईको विशेष सहयोग तथा लियो क्लवको समन्वयमा खाद्यान्न वितरण गरिएको लियो क्लव अफ हेटौंडा भुटनदेवीका अध्यक्ष मनोज चौलागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा समृद्ध टोल विकास समितिका अध्यक्ष बद्धि प्रसाद दाहाल, समाजसेवि पार्वती बजगाई, लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका एरिया चिफ सुशान्त खतिवडा, समाजसेवी केदार बजगाईलगायतको सहभागिता रहेको थियोे ।