हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं स्थापना दिवसको अवसरमा हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक सेवा केन्द्रलाई खाद्यान्न र फलफुल सहयोग गरेको छ ।
बुधबार बिहान आश्रममै पुगेर सहकारीकी अध्यक्ष जानकी चौधरी, व्यवस्थापक प्रकाश बहादुर खनालसहित सहकारीका पदाधिकारी तथा कर्मचारीले सहयोग हस्तान्तरण गरेको हो । आश्रमलाई १५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा फुलफल सहयोग गरिएको व्यवस्थापक खनालले बताउनुभएको छ । ३ हजार ४ सय ७० जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।