Home मुख्य समाचार त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु

दुर्घटना ग्रस्त जहाजको तस्वीर

हेटौंडाः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ ।

जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले उज्यालोलाई दिनुभएको जानकारी अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उहाँले बताउनुभयो । शाक्यको टाउकोमा चोट लागेको छ । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाको ज्यान गएको र चार जनाको उद्धार गरिएको जनाएको छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ ।

Exit mobile version