Home मुख्य समाचार सुशासनको प्रत्याभुति हुनेगरी काम गर्छौंः मुख्यमन्त्री लामा

सुशासनको प्रत्याभुति हुनेगरी काम गर्छौंः मुख्यमन्त्री लामा

नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा

हेटौँडाः बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताउनुभएको छ । मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताउनुभयो ।

बुधबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताउनुभयो । सुशासन र वित्तीय अनुशासन कायम गरी गरिब, निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरुमा प्राथमिकता दिएर काम गर्ने उहाँको भनाई छ । प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकको आयआर्जन वृद्धिमा जोड दिने मुख्यमन्त्री लामाले स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री लामाका अनुसार संविधानको व्यवस्था अनुसारको अधिकार कार्यान्वयनमा प्रदेश सरकार गम्भिरताका साथ अघि बढ्नेछ । प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहकोे कानुनलाई समन्वयकारी बनाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने मुख्यमन्त्री लामाको भनाई छ । तीन वटै तहका सरकारले देख्ने कामको सुनिश्चित गर्नेगरी वर्तमान गठबन्धन सरकारले काम गर्ने मुख्यमन्त्री लामाले उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकारले उपलब्धीमूलक काम गर्ने उहाँको दावी छ ।

Exit mobile version