हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको सपथ कार्यक्रम लगत्तै ९ जना मन्त्रीले पनि सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय परिसरमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले ९ जना मन्त्रीलाई सपथ गराउनुभएको हो ।
एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन कुमार मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित सपथ ग्रहण गरेका छन् ।