प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग सपथ ग्रहण गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिं लामा ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोह बीच कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका लामा प्रदेशको पाँचौं मुख्यमन्त्री हुनुहुन्छ । सपथग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सभामुख भुवन कुमार पाठक, उपसभामुख अप्सरा चापागाईको पनि उपस्थिति रहेको थियो ।