हेटौंडाः नेपाली भाषाशिक्षक समिति मकवानपुरले जिल्लाभित्रका ३६ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार एसइईमा नेपाली विषयमा ३.६ देखि ४ जिपी ल्याएका ३६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । समितिले सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा ३६ जना विद्यार्थी र १६ जना शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाबाट ३५ जना र मकवानपुरगढी गाउँपालिकाबाट एक जना विद्यार्थीले नेपाली विषयमा ३.६ देखि ४ जिपी ल्याएका थिए । शिक्षा विकास र समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्य तथा नेपालीभाषा शिक्षक समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेलको अध्यक्षतामा सम्मान कार्यक्रम भएको हो ।