हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरोसहित ढुङ्गा खसेर बसमा लाग्दा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेगनाथ विक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान ३ बजेको समयमा नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौतर्फ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमा अचानक माथिबाट लेदोसहितको पहिरोसहित ढुङ्गा खसि लाग्दा विक गम्भीर घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा बिहान ३ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।