लिकेज भएको स्थानको तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालको विभिन्न स्थानमा लिकेजको समस्या देखिएको छ । असार मसान्तमा परिरहेको भारी वर्षाले अस्पतालको भिडियो एक्सरे गर्ने कोठा बाहिर ठूलो लिकेज भएको हो । अस्पतालले पर्खाल बनाएर रोक्ने कोसिस गर्दा पनि पानी नथेगिएको अस्पतालका मेडिकल सुपरिटेडेन्ट श्रीधर अर्यालले बताउनुभयो ।

अस्पतालको छतमा हेटौंडा उपमहानगरपालिकाले निर्माण कार्य गरिरहेको छ । निर्माण कार्य सम्पन्न नभएका कारण पानी लिकेज भएको अर्यालको भनाइ छ । अस्पतालले पालिकालाई सिमेन्ट लगाउन भनिसकेको बताउँदै अर्यालले सिमेन्ट लगाउन पानीले बाधा उत्पन्न गरिरहेको जानकारी दिनुभयो । अस्पतालको अन्य स्थानमा पनि सानो लिकेज भइरहेको छ ।