दीपक गौतम ।

हेटौँडाः वासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ साहित्यकार दीपक गौतमलाई प्रदान गर्ने भएको छ । आगामी शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई पुरस्कार प्रदान गर्ने वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरका अध्यक्ष आरसी रिजालले बताउनुभयो ।

प्रतिष्ठानले २०७१ सालदेखि हरेक बर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्दै आइरहेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । यस पटक भानु जयन्ती असार २९ गते शनिबारका दिन परेकाले संस्थाले एकदिन अगाडि शुक्रबार कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने अध्यक्ष रिजालले बताउनुभयो । नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक तथा परिकल्पनाकारसमेत रहनुभएका गौतमले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष रिजालले बताउनुभयो । आगामी शुक्रबार संस्थाले विद्यार्थीहरुबीच विभिन्न प्रतियोगिताहरु आयोजना गरी मनाउने तयारी गरेको छ ।