Home कला समय

समय

फेरिन्छ ऋतु फेरिन्छ समय
काम गर्दा साइत हेरिन्छ समय
बेलैमा काममा लगाए बुद्धि
फुर्सदमा सकिन्छ कोरिन समय

समयले कहिले रोक्दैन हामीलाई
हामी समयअनुसार चल्नुपर्छ
समयको अवस्था अनुसार नै
गर्नुपर्ने काम गरिसक्नुपर्छ

जिन्दगीमा मात्र एउटालाई पर्खे
पर्खाइले आफैँ बाटो हाल्दो रहेछ
अल्छी भई बसीबसी खान खोज्दा
समयले बाटो मोड्दो रहेछ

बच्चादेखि बुढा सबै समयकै मेल हो
ऋतु परिवर्तन हुनु पनि एक समयकै खेल हो
बालापन जस्तो समय फर्केर नआउँदो रहेछ
बुढेसकालमा आफ्नै छायाँले पनि सताउँदो रहेछ

कक्षा–५, सिद्धार्थ मावि, हेटौँडा–२

Exit mobile version