Home कला शिक्षा

शिक्षा

शिक्षा बिना दुनियाको
अज्ञानी निको हुँदैन
सक्षम विद्वान शिक्षाले
विद्या शून्य हुँदैन

आँखा भयो अन्धोहरूको
लाटोको कुलन्दर बोली
अदिमदेखि यहाँसम्म ल्यायो
भरो उदय खोली

छर्ने उज्यालो मनमन्दिरमा
चेतनाको दियो बाल्दै
जब युगको सृजनामा
यसले अज्ञानता हटाउँदैन

साधना बिना आउँदैन विद्या
गर्नुपर्छ तपस्या
लाखौं प्रश्नको उत्तर एउटै
समाधान हुने समस्या

शिक्षा प्राप्ति शिक्षा धन
शिक्षा नै हो संस्कार
शिक्षा प्रश्न शिक्षा उत्तर
शिक्षा नै हो चमत्कार

कक्षाः ९, सिद्धार्थ मावि, हेटौँडा–२

Exit mobile version