हेटौँडाः एनएमबी बैंक लिमिटेडको हेटौँडा शाखाले मानवसेवा आश्रमलाई औषधी तथा औषधीजन्य सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार हेटौँडा–९ स्थित आश्रममै पुगेर ५ लाख रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधीसँगै अन्य आश्रमलाई आवश्यक औषधी तथा डाइपरहरु सहयोग गरेको हो । बैंकका अधिकारीहरु आश्रममै पुगेर आश्रमको अवस्था बुझेपछि आवश्यकताअनुसार नै सहयोग हस्तान्तरण गरेका हुन् । बैंकका बागमती प्रदेश कार्यालयका प्रबन्धक अनन्त कार्की, हेटौँडा शाखा प्रबन्धक विवेक अधिकारीले मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
मानवसेवा आश्रममा अहिले २५ जना बालबालिकासहित २ सय जना आश्रित छन् । आश्रित मध्ये एक सय ११ जना मानसिकरुपमा अस्वस्थ रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको छ ।