Home मुख्य समाचार युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेनः मन्त्री मगर

युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेनः मन्त्री मगर

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगर

हेटौँडाः बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले बजेटमा युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको छ । उहाँले युवा र खेलकुद क्षेत्रको योजनाको माग, प्रथमिकता अनुसार मन्त्रालयले बजेटको सिलिङ प्राप्त गर्न नसेकको बताउनुभयो ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले प्रदेश सरकारले खेलकुद क्षेत्रमा न्यूनतम बजेट दिएको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले गौतम वुद्ध रंगशाला, गौरिटार रंगशाला, चौतारा रंगशाला, सिन्धुली रंगशाला गरी मन्त्रालयको १५ वटा बहुवर्षे योजना रहेको छ । सो योजनामा प्राथमिकताका साथ योजना विनियोजन गर्नु स्रोतको उत्तम परिचालन हुने देखिकाले बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

‘मन्त्रालयले गत सरकारले स्रोत सुनिश्चितालाई निरन्तरता दिएर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अघि बढाएको बहुवर्षे योजनालाई पूर्णता दिन सक्दा खेलकुद क्षेत्रमा पूर्वाधार तर्फ महत्वपूर्ण उपलब्धी हुन सक्छ भएकाले बजेट विनियोजन गरिएको छ ।’ उहाले भन्नुभयो ।

मन्त्रालयले महत्वपूर्ण पाटो युवा तथा खेलकुद परिषदका १३ जिल्लामा संरचना परिचालन गरी सिप वर्षलाई प्रभावकारी बनाउने र सिप सिकाएर युवाहरुलाई स्वरोजगार बनाउने योजनामा काम भइरहेको उहाँको भनाई छ ।

Exit mobile version