Home मुख्य समाचार स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा छः मन्त्री श्रेष्ठ

स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा छः मन्त्री श्रेष्ठ

बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ

हेटौँडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । उक्त नीति कार्यान्पयन पछि प्रदेशको स्वास्थ्य सेवामा उत्कृष्ट गुणस्तरिता वृद्धि हुने उहाँको भनाई छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको उठेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रभावकारी स्वास्थ्य सेवा प्रपवाहका लागि तीन तहको सरकार संग समन्वयको काम भइहरको बताउनुभयो । उहाँका अनुुसार प्रदेश सरकारले आयुवेदीक औषधालयबाट गुणस्तरिय औषधी उत्पादनको तयारी अन्तिम चरणमा रहेको छ ।

‘मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई प्रादेशिक अस्पतालहरुमा प्रदान गरिएको छ । स्थानीय तहबाट प्रादन हुने आधारभुत स्वास्थ्य सेवमा प्रदानका लागि प्रदेश सरकारले औजार उपकरण, औषधी तथा जनशक्तिको माध्यबाट सहयोग उपलब्ध गराइएको छ ।’ उनले भने, ‘औषधीको नियमन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आफ्नो क्षेत्रमा संरचना निर्माण गरी अनुगमन गर्ने व्यवस्था ऐनमा नै समावेश गरेर अघि बढाइएको छ । सो संरचना निर्माण पश्चात सेवालाई प्रभावकारी बनाउने काम भइरहेको छ ।’

मन्त्री श्रेष्ठका अनुसार स्तन र पाठेघरको क्यान्सरको नियन्त्रणका लागि भ्याक्सिन सेवाहरु संचालन, स्कृनिङ्ग तथा उपचारात्मक सेवा प्रदान गर्ने सरकारको तयारी रहेको छ । हेटौंडा अस्पतालमा मानव अंग प्रत्यारोपणको तयारी अन्तिम चरणरमा रहेको उहाँको भनाई छ । प्रादेशिक अस्पतालमा एन आइसियू सेृवा, सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धारको कार्यक्रम संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

Exit mobile version