Home मुख्य समाचार संघीयता कार्यन्वयनमा चुनौती छः सांसद देवकोटा

संघीयता कार्यन्वयनमा चुनौती छः सांसद देवकोटा

बामगती प्रदेश सभाका सदस्य डा. दिनेशचन्द्र देवकोटा

हेटौंडाः बामगती प्रदेश सभाका सदस्य डा. दिनेशचन्द्र देवकोटाले संघीयता कार्यन्वयनमा चुनौती रहेको बताउनुभयो । प्रदेश सरकारको गतिविधि र क्रियाकलापले हुर्कदै गरेको संघीयता माथि चनौति थपिदिएको बताउनुभयो ।

बुधबार बसेको प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलका क्रममा सांसद देवकोटाले सरकारका ७ मन्त्रालय र थप निकायहरुको बजेट ३÷४ घण्टामा सक्न खोज्नु उपयुक्त नभएको बताउनुभयो । संसदको भुमिका माथि सरकारले सिमा निर्धारण गरेर हस्तक्षेप गर्न नहुने टिप्पणी गर्नुभयो ।

‘अहिले सभामुखसँग रहेको कार्यव्यवस्था समिति, सभामुखले ८ वटा मन्त्रालयलाई लगेर ३–४ घण्टामा सक्ने गरी अझ हामीले भन्ने हो भने मुख्यमन्त्री र मन्त्रिपरिषद्को, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति आयोग र महान्याधिवक्ता कार्यालयको छलफल गर्न खोजिरहेको छ । यो कर्मकाण्डी छलफल गर्नेबाट संघीयता चुनौतीमा छ ।’ उहाँले भन्नुभयो ।

उहाँले विचार विमर्श गर्न पर्याप्त समय उपलब्ध गराउनुपर्ने बताउनुभयो । बजेटको सन्दर्भमा कार्यशैली, कार्यक्षमता, अभिवृद्धिमा सरकारले चिन्तन गर्नुको साटो आफ्नो क्षेत्र केन्द्रीत भएको उहाँको आरोप छ । उहाँका अनुसार दलका नेताहरु कुना÷कुनामा बसेर बजेट आ–आफ्नो क्षेत्रमा लैजाने काम भइरहेको छ । यस तर्फ सचेत हुनु पर्ने र गलत प्रवृत्ति सच्याउन आवश्यक रहेको उहाँले बताएउनुभयो ।

‘समग्र प्रणालीलाई हेर्दा समस्याको बीचबाट अहिलेको बजेट आएको छ । आर्थिक मन्दीका कारण राजस्व उठाउन नसकिरहेको, राष्ट्रिय पुँजी निर्माण चुनौती रहेको परिस्थितिमा छ । यस्तो अवस्थामा कस्तो बजेट ल्याउने भन्ने विषयमा सरकारले सोच्न आवश्यक रहेको थियो । तर, हुन सकेन । यो प्रणालीलाई परिवर्तन गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो ।

उहाँले जनसंख्याको आधारमा शुक्रबद्ध रुपमा विकासको मोडेल बनाउने गरी संकल्प प्रस्ताव गर्नुपर्ने बताउनुभयो । विकास निर्माणको कुराको चिन्तन गर्ने क्रममा प्रणाली प्रति नै नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । ठुला र मेगा प्रोजक्ट र प्रदेश गौरवका योजनाहरु समन्यायिक रुपले अगाडी बढाउनुपर्ने सांसद देवकोटाले बताउनुभयो ।

Exit mobile version