Home मुख्य समाचार प्रदेशसभा व्यवस्थित गर्न कसैको ध्यान पुगेनः सांसद लामा

प्रदेशसभा व्यवस्थित गर्न कसैको ध्यान पुगेनः सांसद लामा

बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा

हेटौंडाः बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले प्रदेश सभाको व्यवस्थापन गर्न कसैको ध्यान नपुगेको बताउनुभएको छ । बुधबार बजेटमाथिको छलफलका क्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद लामाले अहिलेको बजेटमा प्रदेश सभाका लागि रकम कछुट्याएको भन्दै गुनासो गर्नुभयो । विशेष गरी कर्मचारी व्यवस्थापनमा यसले समस्या हुने उहाँको भनाई छ । उहाँले सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।

सबैले आ–आफ्नो जिम्मेवारी बहन मात्र गरिदिए जनताको ताली खान पाउने उहाँको भनाई छ । उहाँले प्रदेश निजामति कर्मचारी ऐनमाथि सम्पुर्ण राजनीतिक दललाई समावेश गरेर समिति बनाएको र त्यसमा छलफल गर्दा सबै ठिक भएको भन्दै एउटा ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । तर एउटा संसद ऐन ल्याउँ भन्दा मुख्यमन्त्रीले हुन्छ भनेर बाचा मात्र गर्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले त्यो ऐन चाँडो ल्याउन आग्रह गर्नुभयो ।

उहाँले प्रदेश लोक सेवा आयोगले सुचना प्रकाशन गरेर स्थानीय तहका लागि भनेर प्राविधिक र अप्राविधिकको विज्ञापन खोलेर पहिलो चरणको परिक्षा लिएको र दोस्रो रोकेको बताउनुभयो । यसले गर्दा ५ हजार विद्यार्थीहरुको नतिजा रोकेको भन्दै उहाँले रिजल्ट रोकेपछि विद्यार्थीहरु न्यायलयमा गएको र एउटा किसिमको न्यास पाएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो रिजल्ट निकाल्न एउटा ऐनको दफाले गर्दा अप्ठ्यारो परेको बताउनुभयो । उहाँले त्यो ऐनको दफालाई संसोधन गरी छिटो रोजगारीको ग्यारेन्टी गर्न आग्रह गर्नुभयो ।

Exit mobile version