हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा विभिन्न कारणले अपाङ्गता भएका, अशक्त भएकाहरुलाई कृत्रिम हात, खुट्टा तथा सहयोगी सामग्री वितरण गरिने भएको छ । गाउँपालिकाले ६ जनालाई कृत्रिम हात खुट्टा, १० जनालाई बैशाखी र १० जनालाई हिड्नलाई सहायता मिल्ने छडी वितरण गर्ने भएको गाउँपालिकाको सहायक महिला विकास निरीक्षक शान्ति अधिकारीले जानकारी दिनुभएको छ ।
कृत्रिम हात, खुट्टा बनाउनका लागि आवश्यक नाप लिइसकिएको अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकामा अपाङ्गता भएकालाई सहयोग सामग्री दिने कार्यक्रम वार्षिक रुपमा भइरहेको छ । गाउँपालिकाले अपाङ्गता भएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको प्रकृति र अवस्थाअनुसार कार्ड वितरण गर्ने काम पनि भइरहेको बताइएको छ ।