हेटौंडाः नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति जितेन चेपाङलाई कृत्रिम खुट्टा राख्न सहयोग गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य सन्तबहादुर चेपाङको विशेष पहलमा नेपाली कांगे्रस बाग्मती प्रदेश संसदीय दलले जितेन चेपाङलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । एकवर्षअघि मोटरसाइकल दुर्घटनामा परी बायाँ खुट्टा गुमाएका जितेन चेपाङलाई कृत्रिम खुट्टा हाल्न सहयोग गरिएको हो ।