मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछन् । जिल्लाका ७ वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि आज सोमबार अनुमानित बजेट प्रस्तुत गर्ने भएका हुन् ।

जिल्लाको भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकाले आज सोमबार बजेट ल्याउने तयारी गरेका हुन् । ती गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छन् ।

व्यावसायिक कृषि, उद्यमशिलाता विकास र शिक्षाको गुणस्तर वृद्धिमा गाउँपालिकाको बजेट केन्द्रित हुने जनाइएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहलाई नागरिकको पहुँचमा पु¥याउने गरी बजेट कार्यक्रम ल्याउने तयारी रहेको छ ।

जिल्लामा १० मध्ये ३ स्थानीय तहले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले बजेट ल्याइसकेका हुन् ।