हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । आइतबार बिहान ६ बजेको समयमा बल बहादुरले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।

बिरामी परेका पाँचै जनालाई उपचारका लागि चितवन लगिएको र बल बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिरामी हुनेमा ५५ वर्षीय बल बहादुर प्रजा, ४५ वर्षीया जालिमाया प्रजा, १५ वर्षीया रेन्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय सुशल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।