Home कला हाम्रो परिवार

हाम्रो परिवार

हजुरबुबा हजुरआमा सधैं ज्ञान छर्ने
आमाबुबा काकाकाकी धेरै माया गर्ने
मान्छे असल भए हुन्छ राम्रो घरबार
सबैभन्दा रमाईलो छ हाम्रो परिवार

दाइदिदीले कथा भन्दा हामी सुन्न बस्छौं
भान्छाघरमा आमा पस्दा सघाउन पस्छौं
माया पाउनु खुसी पाउनु अबको आएर
मिलीजुली काम गर्ने हाम्रो परिवार

संस्कार पनि परिवार झैं कति राम्रा
चालचलन पुस्तक झैं ज्ञान दिने हाम्रा
हिमालचली शिरबाट हेर्छौं यो संसार
नेपाल जस्तै राम्रो लाग्छ हाम्रो परिवार

रिदिमा न्यौपाने
कक्षा–३, बालज्योति मावि, हेटौँडा–५

Exit mobile version