सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न मुद्दामा फरार २ सय ३७ प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतबाट सजाय र कैद भुक्तानी तोकिएका २ सय ३७ प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा १ सय ९७ जना पुरुष र ४१ जना महिला रहेका छन् । पक्राउ परेकाहरुलाई ३९ लाख ३२ हजार रुपैयाँ जरिवानासमेत तिराइएको छ ।