हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक अहिले १ बजे बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक २०७७ माथि आज पनि छलफल हुने प्रदेश सभाकी उपसभामुख राधिका तामाङले बताउनुभयो ।
हिजो साँझ भएको छलपलमा प्रदेशसभाका प्रतिपक्ष र अन्य दलका सांसदहरुले बजेटको आलोचना गरेका थिए । अधिकांस सांसदहरुले आफ्नो क्षेत्रको योजनामा बजेट नपरेको र अहिलेको बजेट मन्त्री मुखि भएको बताएका छन् । विनियोजन विधेयक २०७७ माथि मंगलबारबाट प्रदेशसभामा छलफल भैरहेको छ ।