आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया ।

हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा हेटौंडामा निर्माण गरिएको धुलो दूध उत्पादन उद्योग संचालन गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो धुलो दूध उत्पादन उद्योग संचालनको मोडालिटी सहित बजेटमा प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।

संसदमा बजेट प्रस्तुत गर्नुहुँदै मन्त्री थपलियाले सो उद्योग सार्वजनीक निजी सरकारी साझदारीमा संचालन गरिने बताउनुभयो । सो उद्योग निजी क्षेत्रको संलग्नतामा दुग्ध उत्पादक सहकारी संघसंगको सहकार्यमा संचादन गरिने उहाँको भनाई छ ।

हेटौंडामा निर्माणाधीन थोक तरकारी विक्रि केन्द्र आगामी आर्थिक वर्षमा सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । एक प्देश निर्वाचन क्षेत्र एक प्रांगारिक मल कारखाना स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।