Home अर्थ/व्यापार अधिकृत विक्रेताद्वारा प्रजिअलाई स्वागत, अनावश्यक दुःख दिने काम रोक्न आग्रह

अधिकृत विक्रेताद्वारा प्रजिअलाई स्वागत, अनावश्यक दुःख दिने काम रोक्न आग्रह

प्रजिअ चिलुवाललाई स्वागतपछि सामूहिक तस्वीर खिचाउँदै अधिकृत विक्रेता संघका पदाधिकारीहरु ।

हेटौँडाः मकवानपुर अधिकृत विक्रेता संघले मकवानपुरका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तीर्थराज चिलुवाललाई स्वागत गरेको छ । बुधबार प्रजिअ चिलुवालको कार्यकक्षमै पुगेर अधिकृत विक्रेताले स्वागत गरेका हुन् ।

प्रजिअ चिलुवाललाई स्वागत गर्नुहुँदै संघका अध्यक्ष अमित श्रेष्ठले बजारमा भइरहेको चरम आर्थिक मन्दीलाई आत्मसात गर्दै अहिले बजार अनुगमनका क्रममा व्यवसायीले दुःख पाइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो । बजारमा अहिले विभिन्न करको नाममा अनावश्यक दुःख दिने काम भइरहेको उहाँको भनाई छ ।

संघका पूर्व सल्लाहकार राजकुमार न्यौपानेले अहिले बजारमा पसल चोरी र सवारी दुर्घटना बढिरहेको भन्दै यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । यसका लागि बजारभित्र राखिएको सीसीक्यामेरा मर्मत गरी आवश्यक परेको स्थानमा जडान गर्न विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । प्रजिअको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्षहरु चक्रधर विडारी, विष्णु दाहाल, वर्तमान महासचिव सुदर्शन पाठक, कोषाध्यक्ष दिपेशमणि भण्डारीको उपस्थिति रहेको थियो ।

Exit mobile version