हेटौँडाः बागमती प्रदेशका २ जिल्लामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ र चितवन जिल्लामा ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर २ स्थित हुलाकडाँडामा एक जना पुरुष र चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्रको भवनको बरण्डामा एक पुरुष मृत्य फेला परेका हुन् भने चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ८ मा रुखबाट लडी एक पुरुषको मृत्यु भएको हो ।
धादिङको थाक्रे गाउँपालिका वडा–२ स्थित हुलाकडाँडामा एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीअनुसार पृथ्वी लोकमार्ग अन्तर्गतको सडक किनारबाट ३ मिटर तल सोही स्थान बस्ने ४५ वर्र्षीय वसन्त राईको शव फेला परेको हो । घोप्टो परेको अवस्थामा रार्ईको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमका लागि काठमाडौंंस्थित टिचिङ अस्पताल पठाइएको पहरीको भनाई छ ।
यस्तै भरतपुर–३ स्थित आधारभुत स्वास्थ्य केन्द्रको भवनको बरण्डामा ५५ वर्षीय टेक बहादुर तामाङ मृत फेला परेका हुन् । वडा नम्बर ३ कार्यालयको भवन साईडमा रहेको किरियापुत्री बस्ने भवनमा बसी कवाड बटुल्ने काम गर्ने तामाङ सुतेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । तामाङको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनार्ई छ ।
यस्तै, चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर ८ मा रुखबाट लडी एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका स्थित उदयपुर सामुदायिक वनमा घाँस काट्ने क्रममा कालिका–८, चिसापानी बस्ने ५४ वर्षीय लालजंग गुरुङको रुखबाट लडी मृत्यु भएको प्रहरीले जनाएको छ ।